ढकमक्क फूल फुलेपछि सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड

  शुक्रबार २५, भदौ २०७८ १२:३९

डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् ।

खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ दह र ३२ पाटन (घाँसे मैदान) रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै यात्रीको थकान मेटिन्छ ।

त्रिवेणी धाम, खप्तड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु