जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

  बुधबार ०३, कार्तिक २०७८ ०८:२५

कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक मानौं, कसैले रक्सी पिएर हल्ला गर्‍यो भनेर पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी यहाँ यस्तै घटना भएको छ । दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन् । उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ । यसो पिटेको खुत्रुक्कै गएछ ।’

दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक । करिब डेढ सय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन् । तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन । प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले ।

हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो । अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन् । मनमा चिसो पस्यो । उनले अड्कल काटिन्, श्रीमानले संसार छाडेछन् । त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन् ।

सबैको घरमा दसैंको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ । न्यायका लागि हारगुहार गरिरहेको छ । प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए । भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु