अमेरिकामा शिशु र बच्चाका लागि बिक्री हुने ६० प्रतिशत खाना गुणस्तरहीन र मापदण्ड नपुगेको पाइयो

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०६:२९

एक अध्ययनले संयुक्त राज्य अमेरिकामा बिक्री हुने शिशु र बच्चाहरूको खानामा पोषणको गुणस्तरको बारेमा महत्त्वपूर्ण चिन्ता व्यक्त गरेको छ । पोषक जर्नलमा प्रकाशित एक अध्ययनले अमेरिकामा बिक्री हुने बच्चाको खानामा अन्तर्राष्ट्रिय मापदण्डको झन्डै ६० प्रतिशत मापदण्ड र तत्त्व नभएको देखाएको छ ।

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताहरूले वालमार्ट, क्रोजर, कोस्टको लगायत १० वटा प्रमुख अमेरिकी किराना चेन स्टोरका ६ सय ५१ प्रकारका बच्चाहरूका खाना तथा खाद्य पदार्थको जाँच गरेका थिए । जसमध्ये झन्डै ६० प्रतिशत खाना तथा खाद्य पदार्थहरूले मापदण्ड पूरा नगरेको भेटिएको छ ।

अध्ययनका अनुसार केवल ४३ दशमलव १ प्रतिशत उत्पादनहरूले सबै सान्दर्भिक पोषण मापदण्डहरू पूरा गरेका छन्, ७० प्रतिशतभन्दा धेरै उत्पादनहरू प्रोटिनको आवश्यकता पूरा गर्न असफल भएका छन् भने ४४ प्रतिशतले चिनीको मात्रा धेरै प्रयोग गरेको पाइएको छ । चाउचाउका उत्पादनमध्ये ८७ प्रतिशले प्रोटिनको मापदण्ड र ७१ प्रतिशतले चिनीको मात्राको मापदण्ड पूरा नगरेको भेटिएको छ ।

अमेरिकामा शिशु र बच्चाका खाद्य उत्पादनहरूमा चिनीको उच्च मात्रा चिन्ताजनक रहेको र अत्यधिक चिनीले मोटोपना, मधुमेह, हृदय रोग तथा केही क्यान्सरसहितका समस्या निम्त्याउने रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु