धनगढीमा माओवादीको परामर्श समितिको बैठक शुरु

छिनोफानो   बुधबार १२, भदौ २०८१ ०२:३१

धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा शुरु भएको छ । आज धनगढीको स्वास्थ्य तालिम केन्द्रमा बैठक शुरु भएको हो । परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू धनगढी पुगेका छन् । दाहाल सहित बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी छन् ।

साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार आजदेखि सुदूरपश्चिमको बैठक बसेको हो । बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ । यसअघि गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको थियो ।

यसैगरी, अब भदौ १४ र १५ गते कर्णाली प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसहितको परामर्श बैठक बस्ने छ । त्यस्तै, भदौ १६ र १७ गते लुम्बिनीमा, भदौ १९ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक, भदौ २२ र २३ गते मधेश प्रदेशमा, भदौ २४ र २५ गते १ नं प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक, भदौ २७ र २८ गते ज।व।स। मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक, भदौ ३१ र असोज १ गते प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक र असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक बस्ने छ ।

धनगढीमा बसेको बैठकले सुदुरपश्चिम प्रदेशमा देखिएको ससंदिय दल सम्बन्धी बिवाद हल हुने बताइएको छ । आजको बैठकमा यस विषय उठ्न सक्ने भए पनि यस विषयमा अहिले केही बोल्न नमिल्ने इन्चार्ज गिरिराजमणि पोखरेलले बताए । संसदीय दलको नेताले केन्द्रको निर्देशनसमेत कार्यान्वयन नभएकोमा भट्टले स्थायी समिति बैठकमा प्रश्न उठाएका थिए । यस विषयमा परामर्श बैठकमा पनि उठाउने उनले बताए ।

‘दलसम्बन्धी विवाद हल गर्न अध्यक्षले के गर्नुहुन्छ थाहा छैन । यस विषयमा कुरा उठ्छ । यता प्रदेशका अध्यक्ष हरिराम चौधरीले परामर्श बैठक सकिएपछि दलसम्बन्धी विवाद सम्बोधन हुन सक्ने बताए । दलसम्बन्धी विवादमा अल्झिनुपर्ने कारण नै नभएको उनको भनाइ छ ।
भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा त्यतिबेला धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । बैठक उडान प्रभावित नभए बिहान ११ बजे सुरु हुने इन्चार्ज पोखरेलले जानकारी दिए । केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सबै प्रदेश, केन्द्रीय निकाय, जससरमोर्चामा कार्यरत रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक बस्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु