पलेशालाई कर कट्टा नगरी ६५ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा

छिनोफानो   बिहिबार २०, भदौ २०८१ ०८:३४

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ दिने बताउनुभएको हो ।

पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत यही भदौ १४ गते शुक्रवार सम्पन्न के–४४ अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । काठमाण्डौ महानगरले पनि उनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु