देशका धेरै ठाउँमा वर्षा, दिउँसो पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

छिनोफानो   शुक्रबार २१, भदौ २०८१ ०६:३१

काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ । कैलालीको टीकापुर, बलिया, बचिला र आसपास पनि ठूलो पानी परेको छ । बाग्लुङको म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा पानी परेको छ ।

त्यस्तै सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढाप, गोब्रे, बाउनेपाटी, बोल्डे, ढुङ्गे वर्षामापन केन्द्र र आसपासमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पानी पर्ने क्रम निरन्तर रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदी तथा हाडी खोला र अन्य स–साना खोलामा बाढीको जोखिम छ ।

जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु