अछाममा काङ्ग्रेस भित्र तरङ्ग : सभापती शाहले २८ लाख हिनामिना गरेको आरोप

छिनोफानो   आइतबार २३, भदौ २०८१ ०४:०२

पवन भण्डारी,धनगढी । नेपाली काङ्ग्रेस अछामका सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले पार्टीको २८ लाख २६ हजार रकम हिनामिना गरेको आरोप लागेको छ । जिल्ला समन्वय समिति अछामका सभापति एवम् काङ्ग्रेस नेता ललित बहादुर कुवरले रकम हिनामिना गरेको आरोप लगाएका हुन । 

  केही दिन अगाडि जिल्ला समन्वय समिति सभापति ललित बहादुर कुवर माथि काङ्ग्रेस जिल्ला कार्यसमिति प्रवक्ता पदम बहादुर शाहले बोतल प्रहार गरेपछि काङ्ग्रेस अछाम भित्रको आन्तरिक किचलो बाहिर आएको हो । 

 जिल्ला समन्वय समिति सभापति ललित कुवरले काङ्ग्रेस अछाम  भित्र बेतिथि र आर्थिक  हिनामिना भएको भन्दै काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई छानबिन गरि कारबाही गरिपाऊ भन्दै निवेदन पेस गरेका छन । सभापति कुवरले  पार्टी कार्यालयको भवन निर्माण गर्न भन्दै नेता कार्यकर्ता र पहिलेको पार्टी कार्यालयको भवन निर्माण गर्न भन्दै खरिद गरिएको जमिन बिक्री गरि काङ्ग्रेस अछामका  नेता एवम् पूर्व पार्टी सभापति भरत कुमार स्वारले पार्टीको खातामा जम्मा गरेको २८ लाख २६ हजार रकम रकम तत्कालीनता सभापति शाहले हिनामिना गरेको आरोप लगाउँदै पार्टी केन्द्रिय सभापति शेर बहादुर देउवालाई छानबिनका लागि भन्दै निवेदन दिएका हुन ।

उनले सभापति शाहले पार्टीको पैसा खातामा नराखेर आज भन्दा १४ बर्ष पहिले आफ्नो नाममा रहेको जमिन पार्टी कार्यालयलाई दिने भन्दै ऐलानी जमिनमा पार्टी कार्यालय खोल्न लागेको र हाल सम्म पनि पार्टी कार्यालयको नाममा जग्गा दर्ता नभएको कुवरले निवेदनमा उल्लेख गरेका छन । 

साथै सभापति शाहले कपोकल्पित बिल भर्पाई बनाउँदै रकम हिनामिना गरेको आरोप कुवरको रहेको छ । निवेदनमा हाल सम्म काँग्रेसको प्रथम जिल्ला सम्मेलनको आय ब्याए समेत सार्वजनिक नगरेको आरोप कुवरले लगाएका छन ।

आफूले पार्टी कार्यालय  निर्माणको खर्ज र बिपी स्मृति भवनको जग्गा धनी प्रमाण पुर्जा र आन्तरिक आय ब्याए बारे छलफल र कुरा उठाउँदा पार्टी सभापति पुष्प बहादुर शाहले प्रवक्ता पदम बहादुर शाहलाई प्रयोग गरि भौतिक आक्रमण गरि घाइते बनाएको भन्दै उल्लेख गरेका छन । समन्वय समिति सभापति घाइते भए पछि अहिले काग्रेश अछामको गतिविधिहरू बाहिर आउन थालेका छन । 

छिनोफानो डटकम सँगको कुराकानीमा जिल्ला समन्वय समिति सभापति एवम् काङ्ग्रेस नेता कुँवरले आफूले पटक पटक बैठकमा सो रकम र जमिनको बारे कुरा उठाउँदा आफू माथि भौतिक आक्रमण सम्म भएको बताए ।

 नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति अछामका सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्प बहादुर कुँवरले आफू माथि लगाएको आरोप निराधार भएको बताए । उनले भने पूर्व सभापति स्वार बाट मैले २० लाखको बजबुजारथ लिएको हु २८ लाख भन्ने कुरा नै गलत हो । उनले कुँवरले काङ्ग्रेस जिल्ला उप सभापति बार्गेनिङ गरेको र आफूले उक्त कुरा स्वीकार नगरे पछि आफू माथि  आरोप लगाएको दाबी गरे । उनले आफू सँग भएको हिसाब किताबमा कुनै समस्या नरहेको र आवश्यक परे कार्यालयमा आएर हेर्न सकिने बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु