कार्यालय सहयोगी भर्ना गर्न काङ्ग्रेस अछामका सभापति शाहको सिफारिस

पवन भण्डारी   सोमबार २४, भदौ २०८१ ०२:१८

पवन भण्डारी,धनगढी । नेपाली काङ्ग्रेस अछामका सभापति एवम् प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले  जिल्ला समन्वय समिति अछामको कार्यालय सहयोगी भर्ना गर्नका लागी सिफारिस गरेको पत्र भेटिएको छ  । 

सभापति शाहले समन्वय समितिलाई अनुरोध गर्दै आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई समन्वय समितिको कार्यालय सहयोगी पदमा भर्नाका लागी सिफारिस गरेको भेटिएको हो । 

नेपाली काङ्ग्रेस अछामको आधिकारिक लेटर प्याडमा सभापति शाहले गत मङ्सिर २६ गते मंगलसैन ५ की एक महिलालाई कार्यालय सहयोगी पदमा नियुक्तिका लागी जिल्ला समन्वय प्रमुखलाई सिफारिस गरेको देखिन्छ ।

अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका काङ्ग्रेस अछामका सभापति शाहले सो सिफारिस गरेका ब्याक्तीलाई समन्वय समिति प्रमुखले नराख्दा उनीहरू बिच दरार उत्पन्न भएको समेत चर्चा चलेको छ  । यो बिषयमा सम्पर्क गर्न खोज्दा सभापती शाहको फोन उठेन 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु