सहकारीबाट गलत ढंगले गोर्खा मिडियामा रकम गएको हो: रवि लामिछाने

छिनोफानो   सोमबार २४, भदौ २०८१ ०४:३९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको बताएका छन्। 

रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी आइपुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताएका हुन्।  

‘गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको कुरा आइसकेकै कुरा हो, स्थापित भएकै कुरा हो, अनुसन्धानले देखाएको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर कसले गर्‍यो भन्ने अदालतमा गइसकेको कुरा हो। क-कसले बदमासी गर्‍यो भनेर स्पष्ट पारिसकेको हो। त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो, प्रमाण हुनवित्तिकै मैले जिम्मेवारी त लिनैपर्छ।’

लामिछाने विगतमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए।

क-कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म बाहिरिएका प्रहरी प्रतिवेदन लगायतले देखाएको पनि उनको भनाइ थियो।

‘मैले त्यसबाट लाभ लिएको हुनुपर्‍यो, मेरो सहभागीता भएको हुनुपर्‍यो। म भएका बेलामा पैसा आएको हुनाले जिम्मेवारी लिनुपर्छ भन्नुभयो। भएका बेला ल्याउने मान्छे कोहो? म भएकै बेलामा कसले ल्यायो? कसरी चाहि मिलेमतो गर्‍यो भन्ने कुराको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनहरूले दिएकै छन्। अदालतमा मुद्दा दायर हुँदा प्रतिवादीहरू कायम भएकै छन्। बिगो कायम भएकै छन्,’ उनले भने।

 

त्यसैगरी प्रतिनिधि सभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका सभापति सूर्य थापाले मेहनत गरेको र यसले सहकारी पीडितहरूका लागि निकास निस्कने अपेक्षा रहेको पनि बताए। 

‘यसले समस्‍या समाधानमा केन्द्रित हुन्छ भन्ने मलाई विश्वास छ। केहीलाई लागेको छ सहकारी भनेकै पर्याय रवि लामिछाने हो भनेर,’ उनले भने, ‘लाखौं सहकारी पीडितको न्यायमा भन्दा बढी रवि लामिछानेलाई चाहि डाम्न पाए हुन्थ्यो भनेर केन्द्रित भएर मिडिया ट्रायलसमेत गर्नेहरूले लाखौंको अपेक्षामा कुठाराघात गर्ने काम गरिरहेका छन्।’ 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु