एएफसी यू-२० एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा

छिनोफानो   मङ्गलबार २५, भदौ २०८१ ०८:१३

काठमाडौं : एएफसी यू–२० एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। 

 

 

प्रशिक्षक उर्जन श्रेष्ठले साफ खेलेको टोलीबाट केही खेलाडी परिवर्तन गर्दै सोमबार २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन्।

नेपाल दुई साताअघि घरेलु मैदानमा फाइनलमा बंगलादेशसँग पराजित हुँदै साफको उपविजेता बनेको थियो। साफ खेलेको टोलीबाट गोलकिपर बिशाल केसी बाहिँरिदा अमित टमाटा अटाएका छन्।

अन्य दुई गोलकिपरमा जयरत शेख र क्रिशल मोक्तान छन्। डिफेन्सको जिम्मेवारी आयुष तिम्सिना, आश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा र दीपक थापा मगरले सम्हाल्नेछन्। 

मिडफिल्डमा अभिनास स्याङताङ, कुशल देउवा, लक्षु थापा , सरोज दर्लामी र प्रशान्त लक्सम छनोट भएका छन्।

अग्रपंक्तिमा अनिल बोम्जन, धन सिंह बिक, धवेन्द्र कुंवर, नैअम वाङगेल तामाङ, निरज कार्की , समीर तामाङ र निराजन धामी अग्रपंक्तिमा रहनेछन्। 

चाइनिज ताइपेइमा हुने छनोट खेल असोज ५ गतेदेखि १३ गतेसम्म हुनेछ। नेपाल रहेको समूह बी मा उज्वेकिस्तान, कम्बोडिया, बहराइन र चाइनिज ताइपेइ छन्। 

नेपालले आफ्नो पहिलो खेल असोज ५ गते कम्बोडियासँग खेल्नेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु