आफूलाई कार्बाही गरेर देखाउन नेता रावलको चुनौती !

छिनोफानो   मङ्गलबार २५, भदौ २०८१ १०:५४

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौती दिएका छन् ।

गृह जिल्ला अछाम पुगेका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई कार्वाहि गरेर देखाउन चुनौती दिएका हुन् ।

देश जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढता पूर्वक खडा भएको केही मानिसहरूलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बिषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

पार्टी बिचार शून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि,विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।

पार्टीबाट कार्वाहिको तयारी भईरहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘पार्टीको सिद्धान्त जोगाउनु पर्छ,विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कार्वाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु ‘ पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।

उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

गेटा मेडिकल कलेजमा एमबिबिएस अध्यापनका लागि अनुमति नदिएर सुदूरपश्चिम माथि विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रति निन्दा व्यक्त गरेका थिए ।

गेटामा एमबिबिएस अध्यापनको अनुमतिका लागि जनताहरू आन्दोलनमा उत्रिए आफू आन्दोलनको नेतृत्व गर्न तयार रहेको उनले बताएका छन् । पश्चिम रैबार बाट 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु