कांग्रेस पदाधिकारी बैठक शुरु

छिनोफानो   बुधबार २६, भदौ २०८१ १०:५१

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरअघि बैठक शुरु भएको हो। 

उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। यसअघि सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो।

साथै पार्टी उपसभापति धनराज गुरूङमाथि सहकारी संस्थाको रकम अपचलन गरेको सम्बन्धमा उठेका प्रश्नबारे बैठकले समान धारणा बनाउने तयारी गरेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु