कैलालीको कारागारमा एक जना बन्दीको मृत्यु

छिनोफानो   मङ्गलबार ०१, असोज २०८१ ०१:३८

कैलाली । कैलाली कारागारमा सोमबार एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर दिपक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु