गेटामा स्कारपियो र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका सुनिल डंगौराको मृत्यु

छिनोफानो   बुधबार ०२, असोज २०८१ ०२:५७

धनगढी । बुधबार गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सुनिल डंगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । डंगौराको उपचारका क्रममा मृत्यु भएको छ। भने मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको  छ ।

स्कारपियो चालक गोदावरी ६ का ३४ वर्षीय भोजलाल चौधरीलाई नियन्त्रणमा लिइएको मालाखेती प्रहरीका डिएसपी गंगाबहादुर थापाले जानकारि दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु