सब डिभिजन बन कार्यालय गोदावरीका कर्मचारी मस्त निन्द्रामा : कार्यालय प्रमुख कडाल भन्छन् डिउटीमा को थिए जानकारी भएन

छिनोफानो   सोमबार ०७, असोज २०८१ ०१:२०

पवन भण्डारी । कैलालीको एक सरकारी कार्यालयका कर्मचारी कार्यालय समयमै कार्यकक्षमा सुतेको भेटिएका छन् । सब डिभिजन बन कार्यालय गोदावरीको दर्ता चलानी फाट मा काम गर्ने कर्मचारी दिउँसो १२ ः४५ मै काम गर्ने कुर्सीमै सुतेको भेटिएका छन । मोबाइलको एरफोन कानमा लगाएर मस्त निन्द्रामा रहेका कर्मचारीको मोबाइल समेत चालू अवस्थामै रहेको थियो । 

छिनोफानो डटकमको टिम कार्यालय पुग्दा कर्मचारी मस्त निन्द्रामा भेटिएका हुन । सो समयमा डिटीमा रहेका कर्मचारी बारे परिचय माग्दा सब डिभिजन बन कार्यालय गोदावरीका प्रमुख नीराजन कडालले फोटा राम्रो नदेखिएकोले चिन्न नसकिएको गैह्र जिम्मेवारी उत्तर दिएका छन । उनले भने कुनै कर्मचारी फिल्डबाट थाकेर आएको हुँदा आराम गर्न लागेका हुन सक्छन् उनले भने । 

सरकारी कार्यालयमा डिटीमा खटिएका कर्मचारी दिउसो मस्त निन्द्रामा हुँदा समेत कार्यालय प्रमुखले वास्ता नगर्नु र उनै कर्मचारीको बचाउ गर्नुले उनले कार्यालयमा गर्ने काम बारे समेत प्रश्न उब्जिएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु