जिल्ला अस्पताल अछाम करिब २ महिना देखि मेसु विहीन,नेताहरूका छुट्टाछुट्टै अडान,अस्पताल अस्तबेस्त

छिनोफानो   सोमबार ०७, असोज २०८१ ०२:२७

पवन भण्डारी । जिल्ला अस्पताल अछाम विगत २ महिना देखि मेसु विहीन रहेको छ । अस्पतालमा रहेका आठौँ तहका दुई जना डाक्टर रबी यादव र चन्द्र शेखर यादव बिचको विवादले राजनैतिक रूप लिँदा अस्पताल मेसु विहीन बनेको हो । दुई जना डाक्टरको आपसी मतभेदका कारण र अस्पताल भित्रको राजनीतिका कारण जिल्ला अस्पताल अछाम पछिल्लो समय विवादित बन्दै गइरहेको छ । 

जिल्ला अस्पताल अछाममा करिब २ वर्षको अवधिमा ५ जना कार्यालय प्रमुख फेरिएका छन ।  महिनै पिच्छेको फरकमा कार्यालय प्रमुख फेरिदा अस्पतालको सेवा प्रवाहमा समस्या आएको स्थानीयहरूको भनाई छ । आर्थिक बर्ष २०७९ देखि हाल सम्म ४ जना कार्यालय प्रमुख फेरिएका हुन । 

करिब दुई बर्ष कार्यालय प्रमुखको जिम्मेवारी पाएकी डा सोनाली बासकोटाको समयअवधी सकिएपछि लगातार रूपमा कार्यालय प्रमुख फेरिरहेका छन । बास्कोटा पछि कार्यालय प्रमुखको जिम्मा डा भुवन जिसीलाई थियो । उनी पनि करिब ९ महिना काम गर्दै बिदा भए । छात्रवृत्ति कोटामा रहेका डाक्टर भुवन जिसी स्थायी डाक्टर आएपछि उनको जिम्मेवारी सकिएको थियो । 

लगत्तै कार्यालय प्रमुखको रूपमा डा रबी यादवलाई जिम्मेवारी दिइयो । तर उनले ३ महिना काम गर्न नपाउँदै उनलाई राजनैतिक आडमा उनलाई पाखा लगाई डाक्टर चन्द्र शेखर यादवलाई जिम्मेवारी दिइयो । डाक्टर रबी यादव काजमा जिल्ला अस्पताल अछाममा काम गरिरहेका थिए । २०८० असोज २ गते कार्यालय प्रमुखको जिम्मेवारी सहित जिल्ला अस्पताल अछाममा हाजिरी भएका डाक्टर यादवको काज मंिसर मै फिर्ता गरियो । 

त्यस पछि उनको ठाउँमा कार्यालय प्रमुखको रूपमा डाक्टर चन्द्र शेखर यादवले लाई जिम्मेवारी दिइयो । मेसु नियुक्ति भएको केही ३ महिना मै आफूलाई जानकारी नदिएर काज फिर्ता गरेको भन्दै असन्तुष्ट यादवले सर्वोच्च अदालतमा रिट दायर गरे पछि डाक्टर यादवलाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागी हाजिर हुने आदेश अदालतले दियो । आठौँ तहमा एक मात्र दरबन्दी रहेको जिल्ला अस्पताल अछाममा दुई जना डाक्टर कार्यरत थिए । 

त्यसको केही समयमै स्वास्थ्य मन्त्रालयले डाक्टर रबी यादवलाई जिल्ला अस्पतालमै रहने गरि डाक्टर चन्द्र शेखर यादवको काज फिर्ता गर्यो । जिल्ला अस्पतालको मेसुमा पुःनह डा रबी यादव नियुक्त भए । मन्त्रालयले डाक्टर चन्द्र शेखर यादवलाई डडेलधुरा काजमा खटाएको थियो तर उनी स्वास्थ्य मन्त्रालय मै हाजिर भएका थिए । दुई जनाको विवाद  स्वास्थ्य मन्त्रालयमा पुगे पछि पुनः सुरु भयो यादव द्वयको विवाद । दोस्रो पटक मेसुमा जिम्मेवारी लिएर अछाम पुगेका डा रबी यादवलाई एक महिना मै स्वास्थ्य मन्त्रालयले फिर्ता बोलाए पछि हाल जिल्ला अस्पताल अछाम मेसु विहीन बनेको छ । 

अहिले के हुदैछ त मेसु विवाद 

स्वास्थ्य मन्त्रालयले दुवै जनाले अछाम नै रोजेपछि पुनः उनीहरूलाई आवश्यक व्यवस्थापन गर्न भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्रालयलाई जिम्मेवारी दिएर पठाएको छ । आठौँ तह खाली रहेको जिल्ला अस्पतालमा एक जना अनिवार्य चाहिन्छ । तर फेरी दुवै जनाले सोही ठाउँ रोजे पछि सामाजिक विकास मन्त्रालयले समेत निर्णय गर्न सकेको छैन । 

सामाजिक विकास मन्त्री अछाम जिल्ला बाटै निर्वाचित सांसद भए पनि उनले अझै कस्लाई पठाउने भन्ने निर्णय गर्न नसकेको समाचार श्रोत भन्छ । अछामबाट निर्वाचित दुई सांसदहरूले एकले एक जनालाई सिफारिस गर्ने र अर्कोले अर्कोलाई सिफारिस गर्दा सामाजिक विकास मन्त्रालयले आफ्नो निर्णय गर्न नसकेको श्रोतको भनाई छ । 

के भन्छन् अस्पताल व्यवस्थापन समितका अध्यक्ष 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बोगटीले अबको एक दुई दिन मै अस्पतालले मेसु पाउने बताए । उनले भने संघ सरकारले प्रदेशमा पठाई सकेको छ अब प्रदेशले केही दिनमै अस्पताल पठाउँछ होला उनले भने । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु