योजना हाल्ने भन्दै लाखौँ लिएर एकीकृत समाजवादीका नेता नेपाली र माओवादीका नेता परियार फरार,स्थानीयहरूको हरिबिजोग

पवन भण्डारी   मङ्गलबार ०८, असोज २०८१ ११:३६

पवन भण्डारी । अछाममा विभिन्न ब्याक्तिबाट योजना हालिदिने भन्दै करिब १ करोड बढी कमिसन लिएर दुई जना फरार भएपछि स्थानीयको हरिबिजोग भएको छ । मेल्लेख गाउँपालिका बस्ने एकीकृत समाजबादिका नेता डम्मर नेपाली र लम्की मा बस्ने माओवादीका नेता प्रकाश परियार सम्पर्क विहीन भएपछि उनीहरूलाई पैसा बुझाउनेको हरिबिजोग भएको हो । 

निज दुई जनाले अछाम जिल्लाका विभिन्न ब्याक्तिहरुलाई योजना हालिदिने र योजनाको १० प्रतिशत आफूलाई अग्रिम दिनुपर्ने भन्दै आफूहरूबाट करिब १८ लाख लिएको एक पीडितको गुनासो छ । नाम नबताउने सर्तमा उनले भने आफ्नो गाँउठाउको लागि राम्रो योजना आउँछ भने १० प्रतिशत दिँदा राम्रो नै होला भनेर आफन्तहरू सङ्ग रिन कर्ज गरेर पैसा दिएको भएपनी हाल न योजना न तिनीहरूले लगेको पैसा फिर्ता दिए उनले भने ।

आफूलाई करिब ७० लाख बराबरको योजना हाल्ने सर्तमा तेस्को १० प्रतिशतका दर आफूबाट दुई बर्ष पहिले नै लिएको उनले बताए । हाल उनीहरू कसैको सम्पर्कमा समेत नरहेको बताउँदै उनी भन्छन् मलाई त राम्रो सङ्ग फसाए उनीहरूले । त्यस्तै अछामको रामारोशनका एक नागरिकको गुनासो पनि त्यस्तै छ ।

उनीहरूले पनि आफूहरूलाई योजना हाल्दिने र त्यसको कमिसन १० प्रतिशत बुझाउनु पर्ने भने पछि करिब २ लाख ६० हजार अनेरास्वयु क्रान्तिकारी निकट एक नेतालाई बुझाएको बताए । आफूले पैसा बुझाएको ३ बर्ष सम्म पनि योजना नपरेपछि उसलाई आफूले बारम्बार फोन गर्दा आज दिने भोली दिने भन्दै तिन बर्ष कुराएको र पछि भाद्र २७ गतेको चेक दिएको उनले बताए । तर अहिले सम्म पनि उक्त चेकमा रकम जम्मा नभएको र यदि नभएमा उसको नाम सहित मिडियामा आउने उनीहरूले बताए । 

सरकार परिवर्तन भए पछि बिचौलिया दलालहरूले योजनाको लागी भन्दै लिएको कमिसन फिर्ता नभए पछि अहिले सामाजिक सञ्जालमा समेत उनीहरूको फोटा सार्वजनिक गर्नेको क्रम बढ्दै गइरहेको छ । 

को हुन त एकीकृत समाजवादीका नेता परियार र माओवादीका नेता परियार

अछामको मेल्लेख गाउँपालिका स्थायी बसोबास रहेका नेता नेपाली गत स्थानियतहको चुनावमा नेकपा एमाले बाट गाउँपालिका अध्यक्षका उम्मे्द्धार बनेका थिए । उनी सो चुनावमा माओवादीका उम्मेदवार सँग पराजित भए ।

पछि उनी एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा लागेको समाचार श्रोतको भनाई छ । समाचार श्रोतका अनुसार पछिल्लो समय उनी यस्तै गतिविधिमा संलग्न बढी रहेकोले पार्टीले पनि उनलाई विश्वास कम गर्न थालेको छ । 

त्यस्तै नेकपा माओवादीका नेता समेत रहेका प्रकाश परियारको स्थायी घर अछामको रामारोशन गाउँपालिका रहे पनि हाल उनी लम्की चुहा नगरपालिकामा बस्दै आएका छन । आफूलाई माओवादी अध्यक्ष प्रचण्डको नजिक रहेको प्रचार गर्ने परियारका यस्तै गतिविधिले  पार्टीले समेत उनको विश्वास गर्न छोडेको छ । अहिले उनी पनि फरार रहेका छन । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु