प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

छिनोफानो   बिहिबार १०, असोज २०८१ ११:२३

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

यस्तै प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ । राष्ट्रपति वाइडेनले न्यूयोर्कको मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आयोजना गर्नुभएको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन गएका विश्वका विभिन्न देशका राष्ट्र एवम् सरकार प्रमुख सहभागी थिए ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु