सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि

छिनोफानो   आइतबार १३, असोज २०८१ १०:२७

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको असोज १० गते बसेको बैठकले सो निर्णय गरेको हो ।  

अभियान सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश कार्यसमितिका ४३ जनालाई खटाईएको पार्टी प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।

पौष १६ गते भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो । नेपाली कांग्रेस सुदूरपश्चिमका पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिएका छन्। 

१०० दिने विशेष अभियान सफलतापूर्वक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु