मेल्लेख गा•पा मा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत लाई अध्यक्षले बीच बाटो बाटै फर्काए

छिनोफानो   बिहिबार १७, असोज २०८१ १२:११

असोज १७ अछाम : अछामको मेल्लेख गाउँपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत लाई बीच बाटो बाट फर्काइएको छ ।

गाउँपालिकामा हाजिर गर्न आएका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलि लाई गाउँपालिकामा आउन नदिन गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाइ पत्र पठाएका छन्।

गाउँपालिकामा स्थानिय छैटौं स्वास्थ्य सेवा तर्फका हिक्मत बहादुर बुढाले आर्थिक तथा प्रशासनीक काम काज गरिरहेको र दैनिक कामकाज सहजता भएको भन्दै गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत लाई अन्य कार्यालयमा पठाउन मन्त्रालयमा अनुरोध गरेका छन् ।

यता प्रमुख प्रशासकीय अधिकृत नवराज ओलिले आफू दैनिक प्रशासनिक कामकाजमा खटिनको लागि अछाम आइरहेको बेला बीच बाटोमा नआउनु भन्ने खबर पाएको बताए । मन्त्रालयले पठाइसकेपछी अछामको दुर्गम ठाउँका नागरिक लाई सेवा दिन आउँदा स्थानीय तहका जनप्रतिनिधिले बीच बाटो बाटै कर्मचारी लाई फर्काउनुले कर्मचारी हरुको मनोबल कमजोर पार्ने काम भएको बताए ।

गाउँपालिका अध्यक्षले मन्त्रालयलाई पठाएको पत्रको बारेमा आफुलाइ र मन्त्रालयलाई कुनै जानकारी नभएको ओलिले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु