प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

छिनोफानो   आइतबार २०, असोज २०८१ १२:२३

काठमाण्डौ – प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हिजो अर्थात् असोजको १९ गतेदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीस बन्नुभएको हो । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ सालको चैतसम्म रहनेछ ।

यसअघि यही असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । उहाँ आठ वर्षअघि सर्वोच्चको न्यायाधीसमा नियुक्त हुनुभएको थियो । राउत देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिनुहुन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु