बालबालिकालाई जाडोमा सकस

छिनोफानो   आइतबार १६, मङि्सर २०८१ १२:०२

आमाबुवा गुमाएपछि बेसहारा बनेका यहाँका बालबालिकालाई जाडो छल्ने न्यानो लुगा नहुँदा कठ्याङ्ग्रिन थालेका छन् । त्यसमाथि बाँसको व्यवस्था मिलाएको घरमा पर्याप्त कोठा नहुँदा उमेर बढ्दै गएका छात्रछात्रा एउटै भवनको कोठामा कोचिएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले आवाससहित शिक्षादीक्षा दिने गरी जिल्ला सदरमुकाममा स्थापना गरेको सहारा घरमा छात्रछात्रालाई एउटै कोठामा बसोबास गराउँदा लैङ्गिक हिसाबले कठिनाइ हुन थालेको हो । 

जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिका–४, वीरेन्द्र माविको छात्रावासनजिकै निर्माण गरिएको चारकोठे भवनमा उमेर बढ्दै गएका २० जना छात्रछात्रालाई एउटै कोठामा राख्नु पर्दा कठिनाइ हुन थालेको वीरेन्द्र माविका प्रधानाध्यापक हर्कबहादुर चन्दले बताउनुभयो । प्रधानाध्यापक चन्दले भन्नुभयो, “उमेर बढ्दै जाँदा लैङ्गिक हिसाबले चुनौती थपिँदै गएको छ । शौचालय पनि एउटै छ । त्यसमाथि बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउने स्रोत साधन छैन ।” 

प्रदेश सरकारले २० जना असहाय बालबालिकाका लागि आवाससहितको शिक्षादीक्षा दिने गरी सदरमुकाममा स्थापना गरेको भवनमा पर्याप्त कोठा र शौचालय नहुँदा समस्या भएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो ।  प्रदेश सरकारले आवासको व्यवस्थापनका लागि जिल्लास्थित सामाजिक विकास कार्यालयलाई जिम्मेवारी दिएको भए पनि बजेट नहुँदा शौचालय निर्माण गर्न नसकेको जोशीले बताउनुभयो ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु