बाजुरामा पनि शान्तिपूर्वक मतदान सुरु ६५० मत खस्यो

छिनोफानो   आइतबार १६, मङि्सर २०८१ १२:०५

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा शान्तिपूर्वक मतदान सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको बिहान सात बजेदेखि शान्तिपूर्वक मतदान सुरु भएको हो ।

यहाँ भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुई रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी नौ वटा मतदान स्थल छन् । 

यी सबै मतदान स्थलमा अहिले शान्तिपूर्वक वातावरणमा मतदान भइरहेको जिल्ला निर्वान कार्यालय बाजुराले जनाएको छ ।

स्वामिकार्तिकको वडा नं मा एक हजार सात सय २६ वडा नं २ मा एक हजार ३३८ वडा नं ३ मा दुई हजार ७३ वडा नं ४ मा एक हजार ४१५ वडा नं ५ मा नौ सय आठ गरी सात हजार ४६० मतदाता रहेको  जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुखका अङ्गतबहादुर महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँका नौ वटै मतदान स्थलमा झन्डै ६५० भन्दा बढी मत खसिसकेको छ ।”

यहाँ नेकपा एमालेबाट  सुलोचना बुढा नेपाली काँग्रेसबाट , पुल्लीसरा शाही एकीकृत समाजवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार रहेको प्रमुख शाहीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु