धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छिन । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ पछि उनलाई प्रमाणपत्र दिईएएको हो ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकि थिईन । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ ।
प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नाउपाकी उमेदवार रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता लिएपछि निर्विरोध भएकी झुललाई आईतबार प्रमाणपत्र दिईएको बताए ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन भएको होे ।
प्रतिकृया दिनुहोस