रास्वपा सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन लगियो

छिनोफानो   मङ्गलबार १८, मङि्सर २०८१ ११:४५

काठमाण्डौ – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन पुर्‍याएको छ । सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज  बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई हवाईजहाजमार्फत चितवन लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।

अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेको हिजो काठमाण्डौमा बयान सकिएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई गएको बिहीवार पोखराबाट काठमाण्डौ ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइएको थियो । कात्तिक २ गते प्रहरीले पक्राउ गरेका लामिछानेलाई अहिलेसम्म अदालतबाट ५ पटक म्याद थपेर अनुसन्धान भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु