एमसीसीबारे संसद्‍मा प्रेम सुवाल : विष भनी थाहा पाइकन खाए के हुन्छ ?

छिनोफानो   शुक्रबार २५, भदौ २०७८ ०३:१९

काठमाडौँ — नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विषसरह’ हुने टिप्पणी गरेका छन् ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए ।

सांसद सुवालले सम्बोधनका क्रममा भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन । यो संघीय संसद्का सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ रु एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न ।’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु