भारतमा भएको रेल दुर्घटनामा ७ जना नेपालीको मृत्यु ,मृत्यु हुने अधिकाँस अछामका

छिनोफानो   बिहिबार १०, माघ २०८१ ११:१५

धनगढी ।  भारतमा रेल दुर्घटना हुँदा ७ नेपाली सहित १२ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएका छन । भारतको लखनउबाट छुटेको रेल महाराष्ट्रको जलगाउमा दुर्घटना भएको हो ।

रेलको इन्जनमा आगलागी हुँदा भएको भाग दौडका क्रममा कम्तीमा ७ नेपाली सहित १२ जना भन्दा बढिको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।  दुर्घटनामा मृत्यु हुने नेपालीहरूको सनाखत भैईसकेको छ  । मृत्यु हुनेमा अधिकाँस अछामका रहेका छन ।

 हाल सम्म सनाखत भएका विनायक अछामका हिमु नन्दाराम बिक,मैसरा बिक,नन्दराम बिक कमलबजार ,एकला भट्टे जयगडी कमला नवीन भण्डारी सोल्टा कैलाली ,र नेपाल घर भएका तर ठेगाना नखुलेका  राधेश्याम भाइ,लच्छिराम कन्नु पासवान रहेको बताईएको छ । दुर्घटनामा थुप्रै बेपत्ता रहेको जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रवासी नेपाली सम्पर्क विभागका महाराष्ट्र सभापती राज रोकायाले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु