एमसीसीको विरुद्धमा डोटीमा संयुक्त विरोध प्रदर्शन

  शुक्रबार २५, भदौ २०७८ ०३:३८

नेकपा क्रान्तिकारी माओवादी र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा दिपायल पिपल्लामा एमसिसिको विरुद्धमा संयुक्त विरोध प्रदर्शन सम्पन्न भएको छ ।

पिपल्ला बजार देखि  नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुदै बिच बजारमा आएर कोण सभामा परिणत भएको थियो ।

सो कोण सभामा सम्बोद्धन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुव ओलीले एमसिसि भनेको नेपाल देशलाई अफगानस्थान जस्तो बनाउने रणनिति भएकोले यसको डटेर नेपाली जनताहरुले प्रतिवाद गर्नु पर्ने बताउनु भयो ।

साथै उहाले अफगानस्थानको अहिलेको अबस्थाले पनि ससस्त्र संघर्षले सत्ता  उल्टाएको स्मरण गर्दै नेपालका राज्य संचालनको दिन पनि यो हभिगत नहोला भन्न नसकिने बताउनु भयो ।

सो कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चन्द्र थापा र नमस्ते नेपाल डोटीका अध्यक्ष शैलेन्द्र खडका लगायतले सम्बोधन गरेका थिए ।

 कोड सभाको सञ्चालन  संचालन अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रकाश कठायतले गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु