लागु औषध नियन्त्रणमा कैलाली प्रहरीको एक्सन : चालु आर्थिक वर्षको ७ महिनामा ३ सय ८७ लागु औषध प्रयोगकर्ता पक्राउ

पवन भण्डारी   सोमबार २८, माघ २०८१ ०१:३०

पवन भण्डारी,धनगढी ।  जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध नियन्त्रणमा आफ्नो सक्रियता लाई झनै तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्डमा एसपी पदम बहादुर विष्टले समाल्हे यता प्रहरीले लागु औषध नियन्त्रण झनै तीव्र पारेको हो । 

कैलाली प्रहरीले आर्थिक बर्ष ०८१÷०८२ को हाल सम्म ३ सय ८७ जना लागु औषध प्रयोगकर्ता नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा  २२ जना महिला र ३ सय ६५ जना पुरुष रहेका छन । 

कैलाली जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूबाट प्रहरीले प्रहरी ठुलो मात्रामा लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले हाल सम्म लागु औषध हिरोइन ३ सय ५२ ग्राम ३ सय ८० मिलिग्राम ,चरेस १ सय २ केजी  ६ सय ८२ ग्राम, गाँजा २ केजी ६ सय ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट एम्पुल इन्जेक्सन ४० पिस ,ट्रमा डोल २ सय १७ ट्याब्लेट लगायतका विभिन्न लागुऔषधहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख रहेको छ । 

कैलाली जिल्लामा भारत सँग जोडिएका खुल्ला सिमानाका भएकोले कैलाली जिल्ला लागु औषध बढी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कवीन्द्र बोहोराले बताए । उनले भने “लागु औषध भारतमा केही मात्रामा खुल्याम बिक्री वितरण भई रहने हुँदा कैलाली जिल्लामा लागु औषध नियन्त्रण चुनौती पूर्ण रहे पनि प्रहरीले सफलता पाई रहेको बताए ।”

लागु औषध नियन्त्रण गर्न प्रहरी मात्र नभई हरेक नागरिकहरू पनि सक्रिय हुनु पर्ने डिएसपी बोहराको भनाई छ । “आफ्ना बालबालिका के गर्दै छन उनीहरूको अवस्था के छ सो बारे अभिभावकले समेत चाँसो राखेमा केही हद सम्म लागु औषध नियन्त्रण हुन सक्ने उनले बताए ।”  कैलाली जिल्लामा लागु औषध प्रयोग कर्ताको सङ्ख्या दिन प्रतिदिन बढिरहेकोले सबैले आ–आफ्नो क्षेत्रबाट लागु औषध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न उनले आग्रह गरे । 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु