कारागार ताेडेर भागेका गोदावरी -१२ ओलानीका ठकुरी १२ बर्षपछि भारतबाट पक्राउ

छिनोफानो   बुधबार ३०, माघ २०८१ ११:४६

कैलाली प्रहरीले करीब १२ वर्षअघि कारागार ताेडेर भागेका एक जना कैदीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोदावरी -१२ ओलानी का देवसिंह ठकुरी रहेका छन् ।

उनलाई भारतमा लुकेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालयकाे टाेलीले भारतीय प्रहरीकाे सहयाेगमा नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिदैछ । भारतमा पनि उनीमाथि लाखौं रकम चाेरीकाे मुद्दा लागेकाे थियोे ।

बेला बेला उनी नेपाल आउने प्रयास गरिरहेका हुन्थे तर प्रहरीले समात्ने डरले उनि आउन सकेका थिएनन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदकाे सजाय भाेगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु