कञ्चनपुर। कञ्चनपुरमा स्कुटी ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका-११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशा तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२-००३ प ६७३२ नम्बरको स्कुटर ट्याक्टरको पछाडी ठोक्किदाँ शनिवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटरको पछाडी सवार भीमदत्त नगरपालिका-११ का४० वर्षीय प्रेम गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा गिरी घाइते भएका र उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। स्कुटर चालक भीमदत्त नगरपालिका भुजेला बस्ने ४२ बर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस