प्रधानन्यायधीस लाई महाअभियोग लगाउने बिषयमा गठबन्धनमा कुनै छलफल छैन :माधब नेपाल

छिनोफानो   बिहिबार ११, कार्तिक २०७८ ११:१२

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायधीस लाई महाअभियोग लगाउने बिषयमा गठबन्धनमा कुनै छलफल नै नभएको बताए । कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आउनु भएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले सम्म ५ दलको बैठक बस्न नसकेको बताउदै यस बारे कुनै जानकारी नै नभएको बताए । सौ उनले केपी ओलीले पाँचै जना न्यायधिस लाई राजीनामा दिनु पर्ने भन्दै दिएको अभिब्याक्ती अनुचित भएको बताए । 
अध्यक्ष नेपालले हिजोको सूर्यमा ग्रहण लागी सकेकाले अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था बनिसकेको बताउनु भएको छ । एमाले ओलीको निजी कम्पनीको रूपमा प्रयोग भएको नेकपा एमालेमा विद्रोह गरेर नेकपा एस को स्थापना गरेको बताउँदै नेता नेपालले आफ्नो पार्टीले कलम चिन्ह प्राप्त गरेको बताए । साथै आगामी निबार्चन मा पनि गठबन्धन गरेर नै अगाढी बढ्ने बताए ।  
अध्यक्ष नेपालले नेपालको कम्युष्ट आन्लोलनमा नयाँ बिद्रोह भएको बताए । उनले आफुहरु ले एमाले निर्माणका लागी गरेको बलिदानी केपी ओलीले माटोमा मिलाईदिएको बताउदै ओलीको गलत प्रविधिका बिरुद्ध बिद्रोह गर्नु परेको बताए । 
नेपालले सुदुरपश्चिम प्रदेशको पर्यटन बिकासको लागी पछिल्लोे समय पर्यटन मन्त्री प्रेम बहादुर आलेले खेलेको भुमीका बारे प्रशंसा समेत गरेका छन । नेता नेपालले महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्ने र पार्टीको विस्तारित पार्टी भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु