एमाले स्थायी कमिटी बैठक बस्दै

छिनोफानो   बिहिबार ११, कार्तिक २०७८ ११:३१

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आज अपराह्न ४ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा बस्न लागेको हो ।

बैठकका लागि दुई वटा एजेण्डा तय भएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको ६ हजारभन्दा वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ । उक्त महाधिवेशनका लागि प्रतिनधिका विषयमा एमालेले छलफल गर्न लागेको हो ।
सोही मापदण्ड निर्धारण गर्न यसअघि बसेको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु