एमसिसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता हुँदै

  शनिबार २६, भदौ २०७८ ०८:५२

काठमाडौं : नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्रीसँग भेटवार्ता गर्दैछ। अर्थमन्त्री जनार्दन शर्मा र उपाध्यक्ष सुमार नेतृत्वको टोलीबीच शनिबार दिउँसो २ बजे भेटवार्ता हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

गत बिहीबार नेपाल भ्रमणमा आएकी सुमारले उच्चस्तरीय भेटघाटलाई तीव्रता दिएकी छन्। उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाली कांग्रेस नेता गगन थापा लगायतसँग भेटवार्ता गरेकी थिइन्।

प्रधानमन्त्री देउवासँगको भेटवार्ताबारेको बिस्तृत विवरण आज सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुमारले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतसँगको भेटघाटमा एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी छन्। नेताहरुले सहमति जुटाउन प्रयास गर्ने जवाफ दिएका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु