कोभिड–१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति

छिनोफानो   शनिबार १३, कार्तिक २०७८ ०९:३८

काठमाडौं, १३ कात्तिक । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो । यसअघि एफडीएका विशेषज्ञहरुले यो खोपलाई अनुमति दिन सिफारिस गरेका थिए ।

शुक्रबार फाइजरको खोपले बालबालिकामा लगाउन अनुमति पाएसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिका यसबाट लाभान्वित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरले बताएको छ ।

एफडीएका अधिकारीहरुले बालबालिकालाई पनि खोप लगाउनाले छिटै नै अमेरिका सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन् । चीन, क्युबा र यूएईले यसअघि नै बालबालिकाको लागि कोरोना खोप लगाउने अनुमति दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु