नेपाल भारत मैत्री संघ द्धारा टिकापुर का बाढी प्रभावितहरु लाई राहात बितरण

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०५:४५

कैलाली जिल्लाको टिकापुर नगरपालीका वडा न.८ का बाढी प्रभाबितहरु लाई राहात बितरण गरियको छ । नेपाल भारत मैत्री संघले सो राहात सामाग्री बितरण गरेको हो ।वडामा रहेका करिब ५० घर परिवारलाई २५ केजी चामल ,२ केजी दाल, दुई केजी नुन, एक लिटर खाने तेल र एक प्याकेट मसला बितरण गरियको हो । वडा नम्बर ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायत स्थानीय जनप्रतिनिहरुको रोहवरमा खाद्यन्न बितरण गरियको हो ।

राहात बितरण कार्यक्रममा नेपाल भारत मैत्री संघ का केन्द्रीय सदस्य तथा नेपाल महिला संघ धनगढी उप–महानगरपालीका का सभापती जागृती बोगटीले पिडामा परेका परिवारहरु लाई केहि मात्रमा भएपनि राहात होस भन्ने उद्येश्यले सस्थाले राहात सहयोग गरेको उनले बताईन । उनले दिपावली पछि अन्य बाढी प्रभाबित क्षेत्रमा समेत राहात बितरण गर्ने बताईन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु