२०७८ कात्तिक १७ गते बुधबारको तपाईको राशिफल

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०८:५१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजबाट नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । भूमिबाट लाभ रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु