राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव : पूर्वमन्त्री प्रभु साह

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०२:१६

पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन्  । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखे । पूर्वमन्त्री साहले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।
उनले स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु