२०७८ कात्तिक १८ गते बिहीबारको तपाईको राशिफल

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०७:५१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार गरेर मात्र निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । बन्द, व्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु