एमालेको पालिका अधिवेशन, बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा :दिपेन्द्र बोहरा

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०८:१५

बझाङ,  नेकपा (एमाले)को पालिका अधिवेशन अन्तर्गत बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा दिपेन्द्र बोहरा सर्वसम्मत चयन भएका छन् । मंगलबार सुरु भएको अधिवेशनले पालिका अध्यक्षमा बोहरालाई सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्षको टुङ्गो लागेपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न बाकी छ । बित्थडचिरमा बोहराको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्ने कसरत भइरहेको छ ।

यस्तै बिहीबारसम्म बझाङका सबै स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । पालिकाका सबै वडामा वडाअधिवेशन सम्पन्न गरी पालिकाहरुका लागि चुनिएर आएका प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु