पाँच दलीय सत्ता गठबन्धन चुनावसम्मै रहने : प्रधानमन्त्री देउवा

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०१:२७

पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धनबारे शंका नगर्न आग्रह गर्दै उनले गठबन्धन पूरै समयसम्म रहने बताएका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशबारे भने केही बोलेनन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु