दुई लाख ५२ हजार मात्रा हैजाविरुद्धको खोप नेपाल आउँदै

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०२:३७

 सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ । कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तर्राष्ट्रिय नियकासँग पहल गरेको थियो ।

हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको प्रवक्ता डा. पौडेलले जानकारी दिए ।

उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो । उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ । उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ । कपिलवस्तुमा गत १८ असोजदेखि फैलिएको झाडा पखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु