सेती अस्पतालमा १४ जनामा कोरोना पुष्टि

छिनोफानो   शनिबार २६, भदौ २०७८ ०३:०७

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।
हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु