कांग्रेस केन्द्रीय कार्यालयमा झण्डै चार महिनादेखि अनसन

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १०:४५

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपा अनसन र धर्ना दिइरहेका छन् ।

धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । अनसनमा कांग्रेस रौतहट जिल्ला समितिका कोषाध्यक्ष राम श्रेष्ठ साह, महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री समेत रहेका ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत नेता /कार्यकर्ता बसेका छन् । विधानबमोजिम क्रियाशील सदस्यताको सूची नसच्याएसम्म अनशन जारी रहने अडान उनीहरूले लिएका छन् ।

१०८ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मंसिर २४ देखि २७ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा आउँदो २७ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्योलमा परेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु