एमाले देशका लागि बनेको पार्टी : अध्यक्ष ओली

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ ०४:३०

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका लागि बनेको पार्टी रहेको बताएका छन् । एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ ओलीले अरुको हितका निम्ति काम गर्नेलाई परास्त गर्नुपर्ने बताए । उनले भने, ‘कर्णालीमा जनताले जित्नु पर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन । कर्णालीमा कर्णालीले जित्नु पर्छ ।’

अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाए । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

‘अहिले यो पाँच दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु