लिबियाकी विदेशमन्त्री निलम्बित

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ ०४:३९

लिबियाकी विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरूले जनाएका छन् । अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिबन्ध लगाइएको छ ।

सरकारको निर्णयप्रति भने उनले असहमति जनाएकी छिन् । ‘विदेशमन्त्री नाज्ला माङगौशलाई अस्थायी रूपमा निलम्बन गरिएको छ । उहाँमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ’, सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उनमाथि विदेशमन्त्रीको रूपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रूपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो । रासस / सिन्ह्वा

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु