एमाले सुदुरपश्चिमको पुर्ण बैठक सुरु, भिम रावल अनुपस्थित

छिनोफानो   मङ्गलबार २३, कार्तिक २०७८ ०३:१९

नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको पुर्ण बैठक धनगढीमा सुरु भएको छ ।

नेकपा एमाले पार्टि कार्यलयमा सुरु भएको बैठकले जिल्ला कमिटी पदाधिकारी चयन,जिल्ला अधिबेशन लगायतका कार्यसुचि माथी छलफल गर्ने कार्यतालीका रहेको एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताए । बैठकमा एमाले सदुरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका छन ।

प्रदेश कमिटीको पुर्ण बैठकमा एमाले उपाध्यक्ष भिम रावल भने अनुपस्थीत रहेका छन । उनले आज बिहान सामाजिक सञ्चालमा बैठक गुटगत भएको ले निर्णय मान्य नहुने बताएका छन ।  बैठकमा नेता रावल सर्मथक कुनै पनि  नेताहरुको सहभागीता छैन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु