मन्त्रिपरिषदलाई पूर्णता दिन , सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दै

  आइतबार २७, भदौ २०७८ ११:२९

सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ-आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु