पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  मङ्गलबार ३०, कार्तिक २०७८ ०४:३९

पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ । थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रा र ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु