प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले पाय विश्वासको मत

छिनोफानो   बुधबार ०१, मङि्सर २०७८ ०३:४८

 प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।

उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन् । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ ।
राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रमुख विपक्षीमा एमाले र विपक्षीमा राप्रपा छन् । बुधबार प्रदेश सभामा कायम भएका ९२ मध्ये सभामुख बाहेक ७९ उपस्थित रहेका थिए । दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु